समाचार
धवल शमशेर अदालतमा उपस्थित
सोमबार, ०२ असार २०८२, ०९ : ४६

समाचार सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा अदालतमा उपस्थित भएका छन्। उनीमाथि राजावादी आन्दोलनमा सहभागी भएको आरोप छ।
- जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजायको मागदाबी गरिएको छ।
- यसअघि प्रहरीले अनुसन्धान सकेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो। मुद्दा दायर भएपछि उनी प्रहरी सम्पर्कमा थिएनन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा सोमबार अदालतमा उपस्थित भएका छन् । उनी जिल्ला अदालत काठमाडौँमा हाजिर भएका हुन् ।
२०८१ चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी जबरा विरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।
यसअघि प्रहरीले अनुसन्धान पुर गरेर उनलाई हाजिर जमानीमा रिहा गरेको थियो । उपचार प्रयोजनार्थ रिहा भएका जबरा मुद्दा दायर भएपछि पनि प्रहरीका सम्पर्क बाहिर थिए ।
२०८१ चैत १५ मा भएको प्रदर्शनमा सहभागी ६५ जनालाई प्रतिवादी कायम गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन
-
आयोगले दुई खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलायो
-
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्षलाई प्रश्न– तपाईंसँग शिक्षामा सुधार गर्ने कुन क्याप्सुल छ ? (भिडियोसहित)
-
नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
-
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान
-
सर्लाहीका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा