इजरायली आक्रमणमा इरानी सेनाको गुप्तचर प्रमुखको मृत्यु
सारांश
- इरानको गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ, जसमा उनका दुई सहयोगी पनि इजरायली आक्रमणमा मारिए।
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको गुप्तचर प्रमुख र उनका सहयोगीहरूलाई मारेको स्वीकारेका छन्।
- इरान र इजरायलबीचको तनाव बढेको छ, जसमा इजरायली आक्रमणमा २२४ जनाको मृत्यु भएको छ र अमेरिकाले खामेनीको हत्या योजनालाई अस्वीकार गरेको छ।
तेहरान । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार, इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीसी)को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको छ । आईआरजीसीसँग सम्बन्धित तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले काजेमी बाहेक उनका डिप्टी हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएको बताएका छन् ।
यसअघि, फक्स न्युजलाई दिएको एक अन्तरवार्तामा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए, ‘म तपाईंलाई भन्न सक्छु कि हामीले इरानको गुप्तचर प्रमुख र उनका डिप्टीलाई मारेका छौँ ।’
शुक्रबारदेखि अहिलेसम्म इजरायली आक्रमणमा २२४ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले भनेको थियो । यो आक्रमणपछि इरानले इजरायलमाथि आक्रमण गरेको थियो ।
यी आक्रमणहरूमा १० भन्दा बढी व्यक्ति घाइते भएको इजरायलको आपतकालीन सेवाले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको हत्या गर्ने इजरायली योजनालाई भिटो लगाएको अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण