मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

इजरायली आक्रमणमा इरानी सेनाको गुप्तचर प्रमुखको मृत्यु

सोमबार, ०२ असार २०८२, ११ : २६
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • इरानको गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ, जसमा उनका दुई सहयोगी पनि इजरायली आक्रमणमा मारिए।
  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको गुप्तचर प्रमुख र उनका सहयोगीहरूलाई मारेको स्वीकारेका छन्।
  • इरान र इजरायलबीचको तनाव बढेको छ, जसमा इजरायली आक्रमणमा २२४ जनाको मृत्यु भएको छ र अमेरिकाले खामेनीको हत्या योजनालाई अस्वीकार गरेको छ।

तेहरान । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार, इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीसी)को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको छ । आईआरजीसीसँग सम्बन्धित तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले काजेमी बाहेक उनका डिप्टी हसन मोहकेक र कमान्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएको बताएका छन् ।

यसअघि, फक्स न्युजलाई दिएको एक अन्तरवार्तामा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका थिए, ‘म तपाईंलाई भन्न सक्छु कि हामीले इरानको गुप्तचर प्रमुख र उनका डिप्टीलाई मारेका छौँ ।’ 

शुक्रबारदेखि अहिलेसम्म इजरायली आक्रमणमा २२४ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले भनेको थियो । यो आक्रमणपछि इरानले इजरायलमाथि आक्रमण गरेको थियो ।

यी आक्रमणहरूमा १० भन्दा बढी व्यक्ति घाइते भएको इजरायलको आपतकालीन सेवाले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको हत्या गर्ने इजरायली योजनालाई भिटो लगाएको अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप