अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु
वासिङटन डीसी । अमेरिकाको युटा राज्यमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा ४१ वर्षीया महिला र १८ वर्षीय पुरुष र ८ महिनाको बच्चासमेत रहेका समाचारहरूमा जनाइएको छ ।
राज्यको वेस्ट भ्याली सिटीमा आयोजित मेला वेस्टफेस्टका क्रममा गोलीबारी भएको रोयटर्सले जनाएको छ । घटनामा दुई किशोर पनि घाइते भएका छन् । घाइते किशोरहरू १७ र १५ वर्षका छन् । घाइते भएका किशोरहरूको हातमा गोली गालेको छ ।
घटना आइतबार राति स्थानीय समयअनुसार ९ः२० बजे भएको बताइएको छ ।
वेस्ट भ्याली सिटी प्रहरीका अनुसार राति ९ः२० बजे दुई समूहबिच झगडा भएको थियो । प्रहरी हस्तक्षेप गर्न आइपुग्दा एक किशोरले पेस्तोल निकालेर गोली चलाएका थिए । जवाफमा एक प्रहरीले पनि गोली चलाएका थिए । तर प्रहरीको गोली ती किशोरलाई लागेन । र पछि अभियुक्तलाई हिरासतमा प्रहरीले हिरासतमा लिएको थियो ।
यी किशोरीहरू को हुन् भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका प्रत्यक्षदर्शीलाई अगाडि आउन र घटनाको विवरण दिन प्रहरीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन