अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जी७ शिखर सम्मेलनमा अमेरिकी हतियार खरिदबारे ट्रम्पसँग छलफल गर्ने बताए।
- जेलेन्स्कीले रुसी आक्रमण रोक्न र रोकिएका रुसी सम्पत्तिको प्रयोगबारे नेताहरूसँग छलफल गर्ने कुरा गरे।
- भियनामा अस्ट्रियाका राष्ट्रपतिसँगको भेटमा जेलेन्स्कीले युद्धपछिको पुनर्निर्माण र सहयोगबारे छलफल गरे।
भियना । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी हतियार किन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताएका छन् ।
युक्रेनी नेता जेलेन्स्कीले जी ७ शिखर सम्मेलनका लागि क्यानडा जाने क्रममा भियनामा पत्रकारसँग भने, ‘हामी आज अमेरिकासँग थप सहायताका बारेमा कुरा गर्नेछैनौ । वास्तवमा, बैठकमा मैले राष्ट्रपति ट्रम्पसँग छलफल गर्ने एउटा मुद्दा भनेको युक्रेनले खरिद गर्न तयार रहेको रक्षा प्याकेज हो।’
तीन वर्षभन्दा बढी समयदेखि रुसी सेनाविरुद्ध आफ्नो देशको लडाइँको नेतृत्व गरिरहेका युक्रेनी राष्ट्रपतिले भने, ‘संयुक्त राज्य अमेरिकाको मद्दत बिना कसरी लड्न र बाँच्ने म कल्पना पनि गर्न सक्दिनँ र चाहन्न पनि ।’
उनले भने, ‘मलाई लाग्छ, अमेरिका र युरोपबिचको गठबन्धन टुट्न नदिन हामी सबैले काम गर्नुपर्छ ।’ जेलेन्स्कीले जी–७ शिखर सम्मेलनलाई आफूले ‘अत्यन्त महत्त्वपूर्ण’ अवसरका रूपमा हेरेको र त्यहाँ हामी सबैले ‘रुसी राष्ट्रपति भ्लादिमिर’ पुटिनलाई रोक्न कस्तो दबाब दिन सक्छौँ ताकि उनले आक्रमण र युद्ध रोक्न बाध्य हुनुपरोस् ।’
उनले भने, ‘हामी रोकिएको रुसी सम्पत्तिको युक्रेनी हितमा प्रयोगका बारेमा नेताहरूसँग छलफल गर्नेछौँ र प्रतिबन्धबारे पनि छलफल गर्नेछौँ ।’ यसअघि, नेता जेलेन्स्कीले अस्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनसँग भियनामा आफ्नो छोटो यात्राको क्रममा भेटवार्ता गरेका थिए ।
जेलेन्स्कीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ र बेलेनले युक्रेनको युद्धपछिको पुनर्निर्माणका बारेमा अस्ट्रियाको अन्तिम योगदानको बारेमा कुरा गर्नुभएको थियो । यसमा जसमा बारुदी सुरुङ सफा गर्ने, ऊर्जा सहयोग र खाद्य सुरक्षाजस्ता विषय समावेश छन् ।’
अस्ट्रियाका राष्ट्रपतिले आफ्नो देश सैन्य रूपमा तटस्थ रहे पनि राजनीतिक रूपमा त्यस्तो नभएको बताए । युक्रेनमाथि आक्रमण गर्नुअघि अस्ट्रियाको रुससँग राम्रो सम्बन्ध थियो, तर यसको अझै पनि केही आर्थिक सम्बन्धहरू छन् तर ती सम्बन्धहरू विगत तीन वर्षमा उल्लेखनीय रूपमा बिग्रिएका छन् ।
अस्ट्रियाको अति दक्षिणपन्थी विपक्षी एफपीओई पार्टीले जेलेन्स्कीको भ्रमणको आलोचना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण