मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा

सोमबार, ०२ असार २०८२, १६ : २१
सोमबार, ०२ असार २०८२

समाचार सारांश

  • सांसद उदयशमशेर जबराले बाढीबाट क्षति भएका आयोजनाको पुनर्निर्माणका लागि बजेट विनियोजन नभएको बताए।
  • उनले बाढीले बागमती प्रदेशमा पुर्‍याएको क्षतिको स्मरण गर्दै बजेटको स्रोत सुनिश्चित नभएको गुनासो गरे।
  • जबराले आगामी बजेटमा तीन करोडको सिलिङ मेन्टेन नभएको र पीडितलाई बजेट उपलब्ध नगराइएको विषयमा प्रश्न उठाए।

काठमाडौँ । सांसद उदयशमशेर जबराले गत असोजको दोस्रो साता आएको बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियोजन नभएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

‘गत असोजको दोस्रो साता आएको बाढीले बागमती प्रदेशमा ठुलो क्षति गरेको थियो । यसको लागि बजेटको स्रोत सुनिश्चित भएको थियो । विदेशी श्रमसमेत लिएका थियौँ,’ उनले भने ।

साथै निजी आवास सम्बन्धित प्राधिकरणले पुनर्निर्माण गर्ने भनिएको तर हाल के कति निर्माण भयो भएन त्यसतर्फ ध्यान नभएको बताए ।  ‘पीडितको नाममा दिएको बजेट पीडितलाई नदिएर कहाँ पुगेको छ ? पीडितलाई ल्याएको पैसा अर्को ठाउँमा लग्न पाइँदैन ।’

साथै उनले आगामी बजेटमा तिन करोडको सिलिङ मेन्टेन हुन नसकेको तर्क गरे । उनले भने, ‘किन हुन सकेन अर्थमन्त्रीले स्पष्ट पार्न जरुरी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप