बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
सोमबार, ०२ असार २०८२, १६ : २१
सारांश
- सांसद उदयशमशेर जबराले बाढीबाट क्षति भएका आयोजनाको पुनर्निर्माणका लागि बजेट विनियोजन नभएको बताए।
- उनले बाढीले बागमती प्रदेशमा पुर्याएको क्षतिको स्मरण गर्दै बजेटको स्रोत सुनिश्चित नभएको गुनासो गरे।
- जबराले आगामी बजेटमा तीन करोडको सिलिङ मेन्टेन नभएको र पीडितलाई बजेट उपलब्ध नगराइएको विषयमा प्रश्न उठाए।
काठमाडौँ । सांसद उदयशमशेर जबराले गत असोजको दोस्रो साता आएको बाढीले क्षति पुगेका आयोजनाहरू पुनर्निर्माणका लागि बजेट विनियोजन नभएको बताएका छन् । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताएका हुन् ।
‘गत असोजको दोस्रो साता आएको बाढीले बागमती प्रदेशमा ठुलो क्षति गरेको थियो । यसको लागि बजेटको स्रोत सुनिश्चित भएको थियो । विदेशी श्रमसमेत लिएका थियौँ,’ उनले भने ।
साथै निजी आवास सम्बन्धित प्राधिकरणले पुनर्निर्माण गर्ने भनिएको तर हाल के कति निर्माण भयो भएन त्यसतर्फ ध्यान नभएको बताए । ‘पीडितको नाममा दिएको बजेट पीडितलाई नदिएर कहाँ पुगेको छ ? पीडितलाई ल्याएको पैसा अर्को ठाउँमा लग्न पाइँदैन ।’
साथै उनले आगामी बजेटमा तिन करोडको सिलिङ मेन्टेन हुन नसकेको तर्क गरे । उनले भने, ‘किन हुन सकेन अर्थमन्त्रीले स्पष्ट पार्न जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण