मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक निर्णय

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, डा. खगेन्द्र सुवेदी सचिवमा बढुवा

सोमबार, ०२ असार २०८२, २१ : ४६
सोमबार, ०२ असार २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत गरेको हो । यही असार १४ देखि २० गतेसम्मको प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । 

संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।  

त्यस्तै सहसचिव डा.खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको ती मन्त्रीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप