फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री
सारांश
- डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेर कार्यक्षेत्रमा भएको असहयोगबारे गुनासो गरे।
- गृहमन्त्रीले उनलाई आत्मबल बलियो बनाउन र जस्तोसुकै अवस्थाको सामना गर्न सुझाव दिए।
- डा. श्रेष्ठले प्रशासनिक अन्याय र दबाबका कारण आत्महत्याको प्रयास गरेको र प्रहरीले उनलाई सकुशल फेला पारेको थियो।
काठमाडौँ । डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । मंगलबार उनले मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैँसेपाटी पुगेर भेट गरेका हुन् ।
भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए । सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि मुकाबिला गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए ।
फेसबुकमार्फत ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका उनलाई प्रहरीले बालाजु क्षेत्रमा सकुशल फेला पारेका थियो ।
दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको उनले फेसबुक पोस्टमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण