मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

फेसबुकमा ‘अलबिदा’ लेख्ने डाक्टरले भेटे गृहमन्त्री

मङ्गलबार, ०३ असार २०८२, ११ : २०
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकलाई भेटेर कार्यक्षेत्रमा भएको असहयोगबारे गुनासो गरे।
  • गृहमन्त्रीले उनलाई आत्मबल बलियो बनाउन र जस्तोसुकै अवस्थाको सामना गर्न सुझाव दिए।
  • डा. श्रेष्ठले प्रशासनिक अन्याय र दबाबका कारण आत्महत्याको प्रयास गरेको र प्रहरीले उनलाई सकुशल फेला पारेको थियो।

काठमाडौँ । डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् । मंगलबार उनले मन्त्री लेखकलाई मन्त्रीक्वार्टर भैँसेपाटी पुगेर भेट गरेका हुन् । 

भेटका क्रममा उनले आफूलाई कार्यक्षेत्रमा भएको सहयोगबारे गुनासो पोखेका थिए । सो क्रममा गृहमन्त्रीले जस्तोसुकै असहज अवस्थाको पनि मुकाबिला गरेर अघि बढ्न सुझाव दिँदै आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर काम गरिरहेका  श्रेष्ठ प्रशासनिक अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको भन्दै सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए । 

फेसबुकमार्फत ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका उनलाई प्रहरीले बालाजु क्षेत्रमा सकुशल फेला पारेका थियो । 

दुई वर्षभन्दा बढी समय रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौँडा सरुवा भएका थिए । आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार र अन्याय गरिएको उनले फेसबुक पोस्टमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप