मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

भिजिट भिसा अहिलेको मात्र समस्या होइन: अध्यक्ष प्रचण्ड

मङ्गलबार, ०३ असार २०८२, ११ : ४४
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भिजिट भिसा समस्या पुरानो भएको बताए। उनले यसको छानबिन र नीतिगत सुधारको आवश्यकता औंल्याए।
  • प्रचण्डले यो मुद्दालाई नछाड्ने र आवश्यक परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय लिने बताए।
  • प्रचण्डले प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गरिरहेको र संसद अवरोध खुलाउन सहमति जनाएको कुरा उल्लेख गरे।

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । 

प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताए । उनले भने, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरूले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।” यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ ।   

यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए। यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ । उनले भने, “मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।”

प्रचण्डले आफूहरू प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने, “हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।”

अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप