सुगम पोखरेलको गीत 'यो कथा हो मेरो' सार्वजनिक
मङ्गलबार, ०३ असार २०८२, ११ : ५५
सारांश
- गायक सुगम पोखरेलको नयाँ गीत 'यो कथा हो मेरो' सार्वजनिक भएको छ। गीतमा उनकै शब्द, सङ्गीत र स्वर रहेको छ।
- भिडियोमा अन्जु रिजाल, मिलन कार्की लगायतका कलाकारको अभिनय रहेको छ भने यसको निर्देशन सुशान्त गौतमले गरेका हुन्।
- गायक सुगमले गीतले दर्शक तथा स्रोताको मन जित्ने आशा व्यक्त गरेका छन् र उनले युट्युब मार्फत गीत सार्वजनिक गरेका छन्।
काठमाडौँ । गायक सुगम पोखरेलको नयाँ गीत 'यो कथा हो मेरो' सार्वजनिक भएको छ । गीतमा शब्द, सङ्गीत र स्वर समेत सुगमकै छ ।
गीतको भिडियोमा युवादेखि वयस्कसम्मका कथा देखाउन खोजिएको छ । भिडियोमा अन्जु रिजाल, मिलन कार्की, स्नेहा जोशी, सन्तोष गिरी, सफर पोखरेल, नूर खनाल लगायतको अभिनय छ । गीतको सङ्गीत संयोजन सुगम आफ्नैले गरेका हुन् ।
योगेश दाहालको छायाङ्कन तथा सम्पादन रहेको भिडियोको निर्देशन सुशान्त गौतमले गरेका हुन् । हाम्रै समाजका केहि प्रतिनिधि कथाहरू गीत तथा भिडियोमा समेटिएको गायक सुगमले बताए ।
उनले दर्शक तथा श्रोताहरूले गीतलाई मन पराउने आशा व्यक्त गरे । गीतको भिडियोलाई गायक सुगम पोखरेल आफ्नो आधिकारिक युट्युब मार्फत सार्वजनिक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण