बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

खामेनीको निकट सैन्य सल्लाहकारलाई मारेको इजरायलको दाबी

मङ्गलबार, ०३ असार २०८२, १४ : ५०
मङ्गलबार, ०३ असार २०८२

काठमाडौँ । इजरायली सेनाले आफ्नो एउटा हवाई आक्रमणमा एक वरिष्ठ इरानी सैन्य अधिकारीको मृत्यु भएको दाबी गरेको छ ।मृतक अधिकारीलाई इजरायलले इरानको सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको नजिक व्यक्तिको रूपमा वर्णन गरेको छ । खामेनीको सबैभन्दा नजिकको सैन्य सल्लाहकार अली शादमानीलाई मारेको दाबी इजरायल रक्षा बल (आईडीएफ)ले गरेको छ । 

पाँच दिनमा दोस्रो पटक आईडीएफले इरानको चीफ अफ स्टाफ, शीर्ष सैन्य कमान्डरलाई मारेको माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै आईडीएफले लेखेको छ । 

‘सटीक गुप्तचरको आधारमा मध्य तेहरानमा इजरायली वायु सेनाको आक्रमणमा इजरायली वायु सेनाको सबैभन्दा वरिष्ठ सैन्य अधिकारी र खामेनीको सबैभन्दा नजिकको सैन्य सल्लाहकार अली शादमानी मारिएका छन्’, पोस्टमा अझ अगाडि लेखिएको छ । 

इजरायलले जुन १३ मा इरानको आणविक कार्यक्रम सँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेको थियो। त्यसबेलादेखि, दुई देशहरू बिचको द्वन्द्व पाँच दिनदेखि चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप