‘एमालेका जनसंगठनमा आफुखुसी निर्णय गर्दा समस्या’
काठमाडौं । नेकपा एमालेका जनसंगठनहरुमा आफुखुसी निर्णय हुने गर्दा समस्या देखिएको छ । एमाले स्थायी समितीका सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले यस्तो समस्या आएको बताएका हुन् ।
साथै उनले जनसंगठनका केन्द्रीय पदाधिकारीहरुलाई राजनीतिक प्रशिक्षण जरुरी भएको बताएका छन् ।
जनसंगठन संयन्त्रको बुधबार बसेको बैठकमा बोल्दै ढकालले कतिपय जनसंगठनमा संस्थागत निर्णय नगरी आफुखुशी कामहरु गर्ने र केही महिना पछि समस्या आएको बताएका हुन् ।
‘कुनै संगठनमा अध्यक्ष र महासचिवको मन मिल्ला,कुनैमा अध्यक्ष उपाध्यक्षको मन मिल्ला त्यस्तो बेला अनौपचारिक निर्णय गरेर संगठनका काम नगर्नुहोस’ ढकालले निर्देशन दिंदै बैठकमा भने, ‘मन नमिलेका दिन ति सबै निर्णयले विवाद निम्त्याउछन् । त्यसैले जतिसुकै मन मिले पनि नमिलेपनि औपचारिक निर्णय गरेर काम गर्नुहोस ।’
कतिपय जनसंगठनमा बस्ने नयाँ वा पुराना पदाधिकारीलाई पनि राजनीतिक र व्यवशायिक प्रशिक्षण नपुगेको महसुष आफूलाई भएको पनि ढकालको भनाइ छ ।
संगठन कसरी सञ्चालन गर्ने,विधी कसरी बनाउने,बैठक कसरी सञ्चालन गर्ने,पार्टीका आधारभुत ज्ञानहरु कसरी प्राप्त गर्ने भन्ने कुरा जनसंगठनका पदाधिकारीलाई जानकारी लिनु पर्ने नेता ढकालको भनाइ छ ।
साथै उनले जनसंगठनले पार्टीको ‘चेन अफ कमाण्ड’ पनि बुझ्नु पर्ने,जनसंगठन भन्दा माथी इन्चार्ज हुने,इन्चार्ज भन्दा माथी जनसंगठन संयन्त्र हुन्छ भन्ने कुराको आधारभुत ज्ञान पदाधिकारीलाई राख्न पनि उहाँले सचेत गराएका छन् ।
जनवर्गीय संगठनहरुले मुलत पार्टीका गतिविधीलाई ब्यापक बनाउने र पार्टीप्रति आकर्षण गराउने काम गर्नुपर्नेमा जोड दिदै जनसंगठनमा आवद्ध भएको कार्यकर्ता उमेर र ज्ञानका हिसाबले पनि सधैं सक्रिय हुनुपर्ने बताए ।
‘कतिपय महाधिवेशनमा पद लिने बेलामा भेटिने काम गर्ने बेलामा भेटिदैनन्’ ढकालले भने, ‘कतिपयले पद पनि मैले लिने काम पनि मैले गर्ने भन्ने हुन्छ र भन्ने जस्ता प्रश्न पनि गर्छन् । त्यसैले यस्ता कार्यकर्तालाई प्रशिक्षित गराएर पद लिए बापत अरु भन्दा बढी काम आफूले गर्नुपर्दछ भन्ने भावना विकास गराउन जरुरी छ ।’
महाधिवेशन भएका १६ वटा जनसंगठनका इन्चार्ज,अध्यक्ष र महासचिवको सहभागितामा भएको बैठकमा निर्वतमान अध्यक्षलाई विदाइ गरिएको थियो भने नयाँ निर्वाचित अध्यक्षलाई स्वागत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण