रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार, ०४ असार २०८२, २१ : २७

समाचार सारांश
- रमा बस्नेतलाई विद्युतीय कसुरको आरोपमा थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
- टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा बस्नेत पक्राउ परेकी थिइन्।
- उनी खोटाङको हलेसी तुवाचुङ नगरपालिका-६ घर भएर भक्तपुरमा बस्दै आएकी थिइन् र असार १ गते पक्राउ परेकी हुन्।
काठमाडौँ । विद्युतीयय कसुर गरेको आरोपमा पक्राउ परेकी रमा बस्नेतलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
बुधवार काठमाडौँ जिल्ला अदालतले दोस्रोपटक ३ दिनको म्याद दिएको साइबर ब्युरोका एसपी दिपकराज अवस्थीले रातोपाटीलाई बताए । सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको र साम्प्रदायिक सद्भावमा खलल पुर्याएको आरोपमा उनी पक्राउ परेकी थिइन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने बस्नेत असार १ मा पक्राउ परेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह
-
पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने निष्कर्ष
-
मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु