एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै

समाचार सारांश
- नेकपा एमालेको जनसङ्गठन संयन्त्रको बैठक आज च्यासलमा बस्दैछ, प्रधानमन्त्री केपी शर्मा ओली र विष्णु पौडेलले सम्बोधन गर्ने।
- बैठकमा नयाँ नेतृत्वलाई सङ्गठन विस्तार, पार्टीका काम जनतासम्म पुर्याउने र मिसन ०८४ लाई लक्षित अभियानबारे छलफल हुने।
- बैठकमा १६ वटा जनसङ्गठनका इन्चार्ज, अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागी हुनेछन्, जसमा नयाँ नेतृत्वलाई स्वागत गरिनेछ।
काठमाडौँ । नेकपा एमालेको जनसङ्गठन संयन्त्रको बैठक आज बस्ने भएको छ । बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णु पौडेलले विशेष सम्बोधन गर्ने भएका छन् ।
हालसालै महाधिवेशन सम्पन्न भएका १६ वटा जनसङ्गठनका इन्चार्ज अध्यक्ष, निवर्तमान अध्यक्ष र महासचिव सहभागीको रूपमा रहने छन् । पार्टी स्थायी कमिटीका सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार महाधिवेशनपछि आएको नेतृत्वलाई प्रधानमन्त्री ओलीले विशेष निर्देशन गर्नेछन् ।
नयाँ नेतृत्वलाई सङ्गठन विस्तार,पार्टी र सरकारले गरेका राम्रा कामहरू जनता समक्ष पुर्याउने, मिसन ०८४ लाई लक्षित गरेर पार्टीले अघि सारेका अभियानको प्रभावकारी कार्यान्वयन आदिका बारेमा प्रधानमन्त्रीले प्रस्ट पार्ने ढकालले जानकारी दिए ।
यसैगरी पार्टी उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी र जनसङ्गठनबिचको समन्वयमा देखिएका अफठ्याराहरुलाई सहजीकरण गरेर सङ्गठनको भूमिकालाई कसरी प्रभावकारी रूपमा स्थापित गर्ने भन्ने विषयमा स्पष्ट पार्नेछन् । नयाँ नेतृत्वलाई पार्टीको जनसङ्गठन संयन्त्रका नीति,विधि र भूमिकाका बारेमा जनसङ्गठन समन्वयका प्रमुखका बारेमा प्रमुख भानुभक्त ढकालले प्रस्ट पार्ने भएका छन् ।
बैठकमा हरेक जनसङ्गठनका अध्यक्षले महाधिवेशनपछि हालसम्मको अवस्थाका बारेमा रिपोर्टिङ गर्ने कार्यसूची छ । आजको बैठकबाट निवर्तमान अध्यक्षहरूलाई बिदाइ र नयाँ निर्वाचित अध्यक्षलाई स्वागत पनि गरिने ढकालले जानकारी दिए। एमालेका २३ जनसङ्गठन मध्ये समयअवधि पुगेका १६ वटा जनसंगठनको महाधिवेशन सकिएको छ भने बाँकी ७ वटाका महाधिवेशनहरू सुरु हुने चरणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा