विलियम्स अनुबन्धको नजिक बार्सिलोना
बुधबार, ०४ असार २०८२, ११ : ५०
सारांश
- बार्सिलोनाले स्पेनिस स्टार निको विलियम्सलाई अनुबन्ध गर्ने प्रक्रिया सुरु गरेको छ।
- विलियम्सले एथ्लेटिक्स क्लबबाट ला लिगा र युरोपा लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
- बार्सिलोनाका प्रशिक्षक हन्सी फिलिक्सले विलियम्सलाई मुख्य लक्ष्यको रूपमा लिएका छन्।
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस स्टार निको विलियम्सलाई अनुबन्ध गर्ने भएको छ । बार्सा युनिभर्सका अनुसार टिमले अनुबन्धको सबै प्रक्रिया थालनी गरेको छ ।
विलियम्सले यो सिजन एथ्लेटिक्स क्लबका लागि ला लिगामा २९ खेल खेल्दै ५ गोल र ५ असिस्ट गरेका छन् । त्यस्तै युरोपा लिगमा १३ खेल खेल्दै ५ गोल गर्दा २ असिस्ट गरेका छन् ।
स्पेनिस स्टार विलियम्सले स्पेनका लागि २८ खेल खेल्दै ६ गोल गरेका छन् । यो सिजन ला लिगा र च्याम्पियन्स लिग च्याम्पियन बनेको कार्सिलोनाका लागि यो महत्त्वपूर्ण डिल हुने क्लबले अनुमान गरेको छ ।
बार्सिलोनाका प्रशिक्षक हन्सी फिलिक्सले पनि आफ्नो मुख्य टार्गेटका रुपमा विलियम्स रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण