सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

समाचार सारांश
- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिपक्ष दलहरूलाई विश्वासमा लिएर सदन सुचारु गर्न आग्रह गरेका छन्।
- उनले फेसबुकमार्फत सदन सुचारु गर्न र निजामती ऐन तथा विद्यालय शिक्षा ऐनलाई अगाडि बढाउन ध्यानाकर्षण गराए।
- श्रेष्ठले रास्वपा लगायतका सांसदहरूको अवरोधका बाबजुद सदन सञ्चालन गर्ने प्रयास भइरहेको बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सबै प्रतिपक्ष दलहरूलाई विश्वासमा लिएर सदन सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले सम्बन्धित पक्ष सबैको ध्यानाकर्षण गराएका हुन् । साथै उनले सदन सञ्चालन गरेर निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट छिटो अगाडी बढाउन आग्रह गरेका छन् ।
‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफती सञ्चालन गर्ने कोसिस भइरहेको छ । यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।त्यसप्रकारले सदन सुचारु गरेर सङ्घीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु’ उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोड ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण
-
इरानको हमलाले इजरायलमा क्षति, तस्बिरहरू
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ
-
८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता