सबै प्रतिपक्षलाई विश्वासमा लिएर सदन चलाउनुपर्छ : नारायणकाजी श्रेष्ठ
सारांश
- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिपक्ष दलहरूलाई विश्वासमा लिएर सदन सुचारु गर्न आग्रह गरेका छन्।
- उनले फेसबुकमार्फत सदन सुचारु गर्न र निजामती ऐन तथा विद्यालय शिक्षा ऐनलाई अगाडि बढाउन ध्यानाकर्षण गराए।
- श्रेष्ठले रास्वपा लगायतका सांसदहरूको अवरोधका बाबजुद सदन सञ्चालन गर्ने प्रयास भइरहेको बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सबै प्रतिपक्ष दलहरूलाई विश्वासमा लिएर सदन सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले सम्बन्धित पक्ष सबैको ध्यानाकर्षण गराएका हुन् । साथै उनले सदन सञ्चालन गरेर निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट छिटो अगाडी बढाउन आग्रह गरेका छन् ।
‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुको अवरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बलजफती सञ्चालन गर्ने कोसिस भइरहेको छ । यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।त्यसप्रकारले सदन सुचारु गरेर सङ्घीय निजामती ऐन र विद्यालय शिक्षा ऐन लाई प्रतिनिधिसभाबाट छिटो भन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु’ उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण