इरानी हतियार उत्पादन गर्ने कयौँ स्थलमा आक्रमण गरेको इजरायलकाे दाबी
सारांश
- इजरायली सेनाले इरानको युरेनियम सेन्ट्रीफ्यूज उत्पादन स्थल र हतियार बनाउने सुविधाहरूमा आक्रमण गरेको छ।
- इजरायलले तेहरानमा रहेको सेन्ट्रीफ्यूज उत्पादन सुविधा र हतियार उत्पादन स्थलहरूलाई लक्षित गरेको बताइएको छ।
- इजरायल र इरानबीचको द्वन्द्वको छैटौं दिनमा इजरायलले इरानमाथि आक्रमण तीव्र पारेको छ र इरानले पनि इजरायलमा क्षेप्यास्त्र प्रहार गरेको छ।
तेल अभिभ । इरानसँगको द्वन्द्वको छैटौँ दिनमा धेरै इरानी युरेनियम सेन्ट्रीफ्यूज उत्पादन स्थल र हतियार बनाउने सुविधाहरूमा आक्रमण गरेको इजरायली सेनाले बताएको छ। सेन्ट्रीफ्यूजहरू युरेनियम संवर्द्धनका लागि प्रयोग हुने मेसिन हुन्।
‘५० भन्दा बढी विमानहरूद्वारा गरिएका आक्रमणहरूले तेहरानमा रहेको सेन्ट्रीफ्यूज उत्पादन सुविधाका साथै धेरै हतियार उत्पादन स्थलहरूलाई लक्षित गरेका थिए,’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ।
इजरायली सेनाले यसमा सतहदेखि सतहमा प्रहार गर्ने क्षेप्यास्त्रहरू जम्मा गर्न कच्चा पदार्थ र अन्य घटकहरू उत्पादन गर्ने सुविधाहरू समावेश भएको बताएको छ। जुन १३ मा, इजरायलले इरानको ‘आणविक कार्यक्रम’सँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गर्यो। त्यसबेलादेखि दुई देशबिचको द्वन्द्व जारी छ।
बीबीसी मध्यपूर्व संवाददाता ह्युगो बाचेगाका अनुसार इजरायल–इरान द्वन्द्वको छैटौँ दिनमा इजरायलले इरानमाथि आक्रमण तीव्र पारेको छ। इरानले इजरायलमा थप क्षेप्यास्त्रहरू पनि प्रहार गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण