बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र

बुधबार, ०४ असार २०८२, १५ : ३४
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको सुदृढीकरणको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ।
  • सोसाइटीले सेवाको न्यून दरबन्दी र २४ घण्टा काम गर्नुपर्ने बाध्यता रहेको जनाएको छ।
  • माग पूरा नभए कालो पट्टी बाँधेर काम गर्ने र सेवा ठप्प पार्ने चेतावनी दिएको छ।

काठमाडौँ । नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा तथा दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । 

स्वास्थ्य सेवा प्रणालीमा रेडियोलोजी सेवा महत्त्वपूर्ण भएपनि यस क्षेत्रलाई उपेक्षा हुँदै आएको भन्दै सोसाइटीले मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

उनीहरूले रेडियोग्राफी सेवातर्फ हाल कायम सरकारी दरबन्दी  अत्यन्त न्यून रहेकाले एउटै रेडियोग्राफरले २४ घण्टासम्म निरन्तर सेवा दिन बाध्य भएको सोसाइटीका अध्यक्ष मुकेश कुमार झाले बताए । 

रेडियोग्राफी सेवाका लागि छुट्टै नियमनकारी निकाय वा संरचनाको स्थापना गर्नुपर्ने लगायतका आफूहरूको माग रहेको उनले बताए । 

आफूहरूको माग पूरा नभए सुरुमा कालोपट्टि बाँधेर काम गर्ने र त्यसपछि पनि सुनुवाइ नभए आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप