नेपाल क्यान मुभ विरूद्धको राजस्व चुहावट मुद्दामा तीन जनालाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौँ । नेपालमा कार्गो तथा कुरिअर व्यवसाय गर्ने नेपाल क्यान मुभ प्रालिविरुद्ध राजस्व चुहावट मुद्दाका तीन प्रतिवादीलाई धरौटीमा छाड्न आदेश भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले मंगलबार थुनछेक बहसपछि पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश गरेको हो ।
गत असार १ गते १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै राजस्व अनुसन्धान विभागले क्यान मुभविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त घटनामा गंगा बहादुर थापा, मनिष प्रसाद आचार्य र संगम पौडेल पक्राउ परेका थिए ।
उच्चले थापाबाट ६० लाख, पौडेलबाट ३० लाख र आचार्यबाट १० लाख रुपैयाँ धरौटी माग गरेको हो ।काठमाडौँको तीनकुनेमा रहेको क्यान मुभले आर्थिक वर्ष २०७६/७७ देखि ८१/८२ को फागुनसम्म राजस्व छली गरेको आरोपमा अनलाइन प्रणाली एनसिएम नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन