नेपाल क्यान मुभ विरूद्धको राजस्व चुहावट मुद्दामा तीन जनालाई १ करोड धरौटीमा छाड्न आदेश
काठमाडौँ । नेपालमा कार्गो तथा कुरिअर व्यवसाय गर्ने नेपाल क्यान मुभ प्रालिविरुद्ध राजस्व चुहावट मुद्दाका तीन प्रतिवादीलाई धरौटीमा छाड्न आदेश भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले मंगलबार थुनछेक बहसपछि पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश गरेको हो ।
गत असार १ गते १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै राजस्व अनुसन्धान विभागले क्यान मुभविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त घटनामा गंगा बहादुर थापा, मनिष प्रसाद आचार्य र संगम पौडेल पक्राउ परेका थिए ।
उच्चले थापाबाट ६० लाख, पौडेलबाट ३० लाख र आचार्यबाट १० लाख रुपैयाँ धरौटी माग गरेको हो ।काठमाडौँको तीनकुनेमा रहेको क्यान मुभले आर्थिक वर्ष २०७६/७७ देखि ८१/८२ को फागुनसम्म राजस्व छली गरेको आरोपमा अनलाइन प्रणाली एनसिएम नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण