आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश सभा : प्रमुख प्रतिपक्ष दलका सांसद नआएपछि संसद् स्थगित

बिहीबार, ०५ असार २०८२, १६ : ५०
बिहीबार, ०५ असार २०८२

सुर्खेत । प्रमुख प्रतिपक्षी दल (नेकपा माओवादी केन्द्र) का सांसद कर्णाली प्रदेश सभाको बैठकमा उपस्थित नभएपछि सभा अवरुद्ध भएको छ । बिहीबार दिउँसो चार बजे बसेको बैठकमा प्रतिपक्ष सदनमै प्रवेश गरेन । बैठकको सुरुमा सभामुख नन्दा गुरुङले प्रतिपक्षीको अनुपस्थितिबिना कारबाही अगाडि बढाउन खोजेकी थिइन् ।

त्यसलगत्तै, पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रतिपक्षको उपस्थितिबिना संसद् चलाउन नहुने बताए । उनले विपक्षीबिनाको सभा सञ्चालन गर्न उपयुक्त परम्परा नरहेको भन्दै सभा रोक्न अनुरोध गरे ।

त्यसपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेकी छन् ।प्रतिपक्ष दल माओवादीले असार १ गते बजेट प्रस्तुत हनुअघिदेखि नै ‘योजना बैङ्क’ लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो । 

संवैधानिक व्यवस्थाका कारण बजेट प्रस्तुत गर्न दिए पनि आफ्ना मागहरू पूरा नभएसम्म अन्य संसदीय कारबाही अगाडि नबढाउने सहमति नै भएको थियो ।

सोही अडानअनुसार आज प्रदेश सभा बैठक अवरुद्ध गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप