८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र ८२ दिनपछि फेसबुकमा फर्किएका छन्। उनले अदालतबाट न्याय पाएको र ५० दिनको हिरासतमा ३५ कविता लेखेको बताए।
- मिश्रले राज्यले प्रतिशोध साँध्न खोजेको तर अदालतले न्याय दिएको उल्लेख गरे। उनले आगामी दिनमा पनि न्याय पाउने विश्वास व्यक्त गर्दै सबैलाई आभार प्रकट गरे।
- मिश्रले आफ्नो हिरासत बसाइ र असहज परिस्थितिमा साथ दिने सबैप्रति आभार व्यक्त गरे। उनले देशको दीर्घकालीन हित र रूपान्तरणप्रतिको विश्वास कायमै रहेको बताए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र ८२ दिनपछि सामाजिक सञ्जाल फेसबुकमा फर्किएका छन् । मिश्रले बिहीबार आफू ८२ दिनपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भन्दै राज्यले प्रतिशोध साँध्ने भरमग्दुर प्यास गर्दागर्दै पनि जिल्ला अदालत काठमाडौँले आफूलाई न्याय दिएको बताएका छन् । साथै उनले ५० दिनको हिरासत बसाईमा ३५ वटा कविता लेखेको र ती सामाजिक सञ्जालमा प्रकाशित गर्दै जाने बताएका छन् ।
मिश्रले यस्तो लेखेका छन्-
८२ दिनपछिको पोस्ट :
१. राज्य (राजनीतिक नेतृत्व) ले प्रतिशोध साँध्न भरमग्दुर प्रयास गर्दागर्दै पनि अस्ति जिल्ला अदालत, काठमाडौँले मलाई न्याय दिएको छ, यद्यपि लामो कानुनी प्रक्रिया बाँकी नै छ। केही समयअघि बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले त्यसैगरी न्याय दिएको थियो। म न्यायलयप्रति आभारी छु । निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस्। न्यायालय सदा स्वतन्त्र रहोस् – यही कामना गर्दछु ।
२. ५० दिनको हिरासत बसाइ र त्यसपछि एक महिनाको असहज स्थितिपछि म अहिले सामान्य अवस्थामा फर्किएको छु। यी कठिन दिनहरूमा मलाई निस्वार्थ ढङ्गबाट आत्म विश्वास दिने, साथ र समर्थन दिने देश–विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति मैले जति आभार प्रकट गरे पनि पुग्दैन। सशक्त अधिवक्ताहरूको दरो र निस्वार्थ साथ नभइदिएको भए आजको स्थिति सम्भव हुने थिएन। सबैलाई नमन गर्दछु !
३.अब म सबैसँग सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने नै छु। ५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको रहेछु। तीमध्ये कुनै कुनै सामाजिक सञ्जालमा प्रेषित गर्ने नै छु ।
४. कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर देशको दीर्घकालीन हित र समग्र रूपान्तरणप्रतिको मेरो अटल विश्वास र दृढतामा कुनै कमी आएको छैन।
५. भावी कानुनी सङ्घर्षमा पनि न्यायालयबाट न्याय पाउनेछु भन्नेमा विश्वस्त छु। सबैप्रति पुनः एक पटक आभार प्रकट गर्दछु ! आजलाई यत्ति नै।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण