खेल सुरु गर्न ढिला गरेको भन्दै सिटीमाथि १० लाख पाउन्ड जरिवाना
सारांश
- प्रिमियर लिगले म्यानचेस्टर सिटीलाई खेल ढिलाइ गरेकोमा १० लाख पाउन्डभन्दा बढी जरिवाना गरेको छ। गत सिजन ९ खेल ढिला सुरु भएको थियो।
- म्यानचेस्टर डर्बीको दोस्रो हाफ निर्धारित समयभन्दा २ मिनेट २४ सेकेण्ड ढिला सुरु भएको थियो, जसका कारण जरिवाना लाग्यो।
- सिटीले गल्ती स्वीकार गर्दै माफी मागेको छ र १४ दिनभित्र जरिवाना तिर्नुपर्नेछ। यसअघि पनि सिटीले ढिलाइ गरेबापत जरिवाना तिरेको थियो।
म्यानचेस्टर । गत सिजन कयौँ पटक खेल सुरु गर्न ढिलाइ गरेको भन्दै प्रिमियर लिगले म्यानचेस्टर सिटीलाई १० लाख पाउन्डभन्दा बढी रकम जरिवाना गरेको छ । सिटीका कारण गत सिजन खेलेका ९ वटा खेल ढिला सुरु गरिएको थियो ।
यसमध्ये डिसेम्बर २०२४ मा खेलिएको म्यानचेस्टर डर्बीको दोस्रो हाफ निर्धारित समयभन्दा २ मिनेट २४ सेकेण्ड ढिला सुरु भएको थियो ।
प्रिमियर लिगका अनुसार सिटीले आफ्नो गल्ती स्वीकार गर्दै यसका लागि माफी मागेको छ । यसका बाबजुद लिगले टोलीलाई १०.८ लाख पाउन्ड जरिवाना गरेको छ । सिटीले १४ दिनभित्र सो रकम तिर्नुपर्नेछ ।
यसअघिको सिजन पनि सिटीले २२ वटा खेलमा ढिलाइ गरेको भन्दै २०.९ लाख पाउण्ड जरिवाना तिरेको थियो । त्यसपछि प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोलीसँग कुराकानी छोट्ट्याउने प्रतिबद्धता जनाएका थिए ।
सिटीमाथि प्रिमियर लिगको आर्थिक नियम तोडेको ११५ वटा आरोप पनि छ । टोलीले सन् २००९ देखि २०१८ को बिचमा यो नियम तोडेको थियो । यसबारे निर्णय आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण