युट्युबमा रेखाले सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’

समाचार सारांश
- अभिनेत्री रेखा थापाले युट्युबमा 'दोस्रो अध्याय' कार्यक्रम सुरु गरेकी छिन्, जुन स्वास्थ्य शिक्षामा आधारित छ।
- पहिलो भागमा उनले गर्भवती महिलाका लागि आवश्यक शिक्षाबारे डाक्टरसँग कुराकानी गरेकी छन्।
- थापाले यो कार्यक्रमलाई आमाहरूको जीवन र विभिन्न पक्षहरूसँग जोड्ने यात्राको रूपमा लिएकी छिन्।
काठमाडौँ । अभिनेत्री रेखा थापाले ‘दोस्रो अध्याय’ नामक कार्यक्रम सुरु गरेकी छन् । उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत उक्त कार्यक्रम सुरु गरेकी हुन् । कार्यक्रम कुराकानीमा आधारित रहेको थापाले बताइन् ।
उनका अनुसार स्वास्थ्य तथा शिक्षाका विषयमा आधारित रहेर निर्माण भएको कार्यक्रमको पहिलो भाग बिहीबार प्रसारण भएको छ । यो भागमा उनले ‘गर्भवती महिलालाई के ज्ञान वा के शिक्षा चाहिन्छ ?’ भन्ने विषयमा डा.ज्योत्सना शर्मा तिवारीसँग कुराकानी गरेकी छन् ।
‘दोस्रो अध्याय’ केवल एक कार्यक्रम मात्र नभएर आफ्नो यात्रा समेत भएको रेखाले बताइन् । ‘सबै आमाहरूको, जसको जीवन आमा भएपछि नयाँ बाटोमा हिँड्छ । यो शृङ्खलामा, म डाक्टरहरूसँग, आमाहरूसँग र जीवनका विभिन्न पाटोहरूसँग जोडिएका पात्रहरूसँग कुराकानी गर्छु’, उनले भनिन्, ‘गर्भधारणदेखि प्रसूति र आमाको आत्मबलसम्म सबै कुरा खुल्दुली पाराले खोतल्छु ।’ कार्यक्रम दर्शकको ध्यानलाई मध्यनजर गरेर निर्माण गर्ने उनले सुनाइन् ।
रेखा राप्रपाबाट राजनीतिमा समेत सक्रिय छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर