नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
काठमाडौँ । एसीसी मेन्स यू–१६ इस्ट जोन कप खेल्न मलेसिया जाने नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता खेल्न जाने १४ सदस्यीय टोलीलाई बिदाइ गरेको हो । क्यानले विपिन प्रसाद शर्माको कप्तानीमा बिहीबार टिम घोषणा गरेको थियो ।
प्रतियोगिता असार ८ देखि मलेसियामा आयोजना हुनेछ । प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेलमा सोही सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, भुटान, जापान, थाइल्यान्ड, इन्डोनेसिया, सिंगापुर, हङकङ र म्यानमार रहेका छन् ।
नेपाली टोलीमा विपिन प्रसाद शर्मा (कप्तान), सूर्यांशु कोइराला (उप–कप्तान) शिवांश बजगाईं, परिमार्जन यादव, रौनक श्रीवास्तव रहे.का छन् । त्यस्तै अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जयशी थापा र रोशन शाही समेत टोलीमा समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण