शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

शुक्रबार, ०६ असार २०८२, १५ : ५४
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • धादिङको गजुरी गाउँपालिका-२ परेवाभिर स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेको छ।
  • पहिरोका कारण राजमार्गमा एकतर्फी सवारी अवरुद्ध भएको छ।
  • प्रहरीले सुरक्षा सतर्कता अपनाएर एकतर्फी सवारी सञ्चालन गरिरहेको छ।

काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–२ परेवाभिर स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेको छ । पहिरोका कारण एकतर्फी सवारी अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । 

भिरबाट ढुंगाहरु झरिरहेको कारण सुरक्षा सतर्कता अपनाएर प्रहरीले एकतर्फी सवारी सञ्चालन गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप