शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय
खेलकुद

टि ट्वान्टी आई सिरिज : स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

शुक्रबार, ०६ असार २०८२, २१ : ४०
शुक्रबार, ०६ असार २०८२

काठमाडौं । स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई १९४ रन लक्ष्य दिएको छ । शुक्रबार स्कटल्याण्डको ग्लासगोमा टस हारेर पहिला बलिङको निम्तो पाएको नेपाललाई स्कटल्याण्डले १९४ रन लक्ष्य दिएको हो । स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको हो । अहिले नेपालले व्याटिङ गरिरहेको छ । 

आजको खेलमा नेपाली टोलीमा एक खेलाडी  परिवर्तन गरिएको छ । नेपालले बिहीबार भएको नेदरल्याण्ड्स विरुद्ध खेलेको टिमबाट करण केसीलाई आराम दिँदै रिजन ढकाललाई मौका दिएको छ ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यसैगरी  स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ । 

नेपालको प्लेइङ–११ मा  कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की,  दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रिजन ढकाल, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन्  । 

T20I Tri-Series in Scotland, 2025 T20I Tri-Series in Scotland, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप