टि ट्वान्टी आई सिरिज : नेपालले गुमायो चार विकेट
काठमाडौं । स्कटल्याण्डमा जारी टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग टस हारेर नेपाल व्याटिङ गरिरहेको छ ।
तर,नेपालले खराब सुरुवात गरेको छ । नेपालले १० दशमलब ३ बलमा चार विकेट गुमाएको छ । कुशल भुर्तेल,आशिफ शेख,भीम सार्की र आरिफ शेख आउट भएका छन् । अहिले क्रिजमा रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी छन् । याे समाचार तयार पार्नेदासम्म नेपालले ८२ रन बनाएको छ ।
स्कटल्याण्डले नेपाललाई १९४ रन लक्ष्य दिएको छ । स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको हो ।
आजको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । नेपालले बिहीबार भएको नेदरल्याण्ड्स विरुद्ध खेलेको टिमबाट करण केसीलाई आराम दिँदै रिजन ढकाललाई मौका दिएको छ ।
नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यसैगरी स्कटल्याण्ड समान खेलमा २ मा हार र १ मा जितका साथ तेस्रो स्थानमा छ ।
नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, लोकेश बम, आसिफ शेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, रिजन ढकाल, रुपेश सिंह, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
-
अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण