योग संसारको साझा जीवन पद्धतिको रूपमा अगाडि बढेको छ : शिक्षामन्त्री पन्त
शनिबार, ०७ असार २०८२, १० : ३६
सारांश
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब साझा जीवन पद्धतिको रूपमा अगाडि बढेको बताए।
- उनले योग र ध्यानले मानिसलाई आत्म-चिन्तनका लागि प्रेरित गर्ने उल्लेख गरे।
- मन्त्री पन्तले योगलाई देशको सांस्कृतिक सम्पदाको रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको बताएका छन् ।
आज ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग संसारको साझा जीवन पद्धतिको रूपमा अगाडि बढेको बताए ।
उनले योग र ध्यानले मानिसलाई आफूभित्र हेर्न, आफ्नो मनस्थिति छाम्न र आफ्नो चिन्तनको लागि प्रेरित गर्ने जिकिर गरे । योगको गहिराई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई देशको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा र बौद्धिक सम्पत्तिको रूपमा अघि बढाउनुपर्ने उनले बताए ।
नेपाल योग, ध्यान र चिन्तनको आदि भूमि रहेको भन्दै उनले आज शान्तिको बढी खाँचो रहेको र पुर्खाहरूले पृथ्वीमा मात्रै नभई अन्तरिक्षमा पनि शान्ति हुनुपर्छ भनेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण