सुदूरपश्चिम रोयल्सद्वारा दीपेन्द्रसहित ६ खेलाडी रिटेन, ६ खेलाडी रिलिज (सूची)
सारांश
- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनको लागि खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। दिपेन्द्र सिंह ऐरीलाई मार्की खेलाडीको रूपमा निरन्तरता दिइएको छ।
- विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई टोलीमा कायम राखिएको छ। अर्जुन कुमाल, नरेश बुढाथोकी लगायतका खेलाडीहरूलाई रिलिज गरिएको छ।
- क्लबले रिलिज गरिएका खेलाडीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा नयाँ खेलाडीहरूको लागि ड्राफ्ट र ट्रायल गर्ने जनाएको छ।
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनलाई लक्षित गर्दै रिटेन तथा रिलिज गरिएको खेलाडीहरूको सूची सार्वजनिक गरेको छ ।
टोलीले यस सिजनका लागि राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै टोलीप्रति उनको नेतृत्वको भरोसा कायम राखेको हो। निरन्तरता दिइएका अन्य महत्वपूर्ण खेलाडीहरूमध्ये विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद रहेका छन्।
रिटेन गरिएका खेलाडीहरू:
- दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी)
- विनोद भण्डारी
- आरिफ शेख
- अविनाश बोहरा
- ईशान पाण्डे
- नरेन साउद
टोलीले केही खेलाडीहरूलाई रिलिज पनि गरेको छ। रिलिज गरिएका खेलाडीहरू:

- अर्जुन कुमाल
- नरेश बुढाथोकी
- खडक बहादुर बोहरा
- भोजराज भट्ट
- अमित श्रेष्ठ
- वसन्त खत्री
सुदूरपश्चिम रोयल्स परिवारले सबै रिलिज गरिएका खेलाडीहरूलाई योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ । उनीहरूको भविष्य अझ उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त पनि गरेको छ।
टोलीले टिम निर्माण प्रक्रिया अझ सुदृढ बनाउने लक्ष्य लिएको जानकारी दिएको छ। ‘आगामी दिनहरूमा हुने खेलाडी ड्राफ्ट तथा ट्रायलहरूमा नयाँ अनुहारहरूको समेत स्वागत गरिनेछ,’ क्लबले भनेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण