नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
शनिबार, ०७ असार २०८२, १२ : ०६
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताए।
- उनले नेपाली समाजमा अनुशासनको कमी रहेको र विश्वमा शान्ति योगले मात्रै ल्याउन सक्ने बताए ।
- प्रधानमन्त्री ओलीले अहङ्कारीहरूले योग र अनुशासन बुझ्न जरुरी रहेको र लोभ नगर्न आग्रह गरे ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताएका छन् । शनिवार ललितपुरमा ११ औँ विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजमा अनुशासनको कमी रहेको बताए ।
उनले आज विश्वमा अहिंसा र शान्ति चाहिएको र यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गरे । हतियारधारी र अहङ्कारीहरूले योग र अनुशासन बुझ्न जरुरी रहेको भन्दै उनले मान्छेको अहङ्कार सबैभन्दा ठुलो खतरा रहेको बताए ।
प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरूको लोभ गर्न नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण