टेक एन्ड पेमा जाँदा विद्युत् उत्पादनको योजना लथालिङ्ग हुन्छ ः सांसद बस्नेत
सारांश
- माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक फिर्ता लिए ठुलो सङ्कट आउने बताए।
- उनले सरकारले जलश्रोत विधेयक जस्तै विद्युत् विधेयक पनि फिर्ता गरेमा संकट निम्तिने बताए।
- सांसद बस्नेतले निजी क्षेत्रलाई व्यापार गर्न नदिई टेक एन्ड पेमा गए २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको योजना असफल हुने बताए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत् विधेयक फिर्ता लिए ठुलो सङ्कट निम्तिने बताएका छन् । प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै बस्नेतले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जबाफदेहिता स्पष्ट हुने बताएका हुन् ।
उनले भने, ‘सरकारले जलश्रोत विधेयक जस्तो विद्युत् विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ । जलश्रोत विधेयक जस्तै विद्युत् विधेयक पनि फिर्ता लिने । निजामती सेवा ऐनको बारेमा माननीयज्यू यहाँ भन्दै हुनुहुन्थ्यो । सरकार विधेयक र कानुन निर्माणप्रति त्यति जिम्मेवार र जबाफदेही भइरहेको जस्तो त लागिरहेको छैन । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगिरहेको विधेयक फिर्ता गर्ने निर्णय सरकार गर्दछ । सरकारको जबाफदेहिताको बारेमा त यो भन्दा थप कुरा के भन्नु ।’
सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्न सक्ने कानुनी व्यवस्था नगरी टेक एन्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको योजना लथालिङ्ग हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण