कृषिप्रधान मुलुक : ६ थरी अन्न आयातमा सकियो ५७ अर्ब बढी
सारांश
- नेपाल कृषि प्रधान देश भए पनि खाद्यान्नमा परनिर्भर बन्दै गएको छ, जसअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ५७ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ।
- सबैभन्दा धेरै धान-चामल आयात भएको छ, जसको परिमाण ३८ अर्ब ९४ करोड रुपैयाँको छ। यसैगरी मकै, कोदो, गहुँ, जौ र फापर पनि ठूलो मात्रामा आयात भएको देखिन्छ।
- खाद्यान्न आयात भारत, चीन, र अन्य देशहरूबाट भइरहेको छ। यसले राजस्व संकलनमा सहयोग पुगेको छ तर कृषिमा आत्मनिर्भरता घट्दै गएको छ।
काठमाडौँ । कृषि प्रधान मुलुक भनिन्छ नेपाललाई । २०७८ को कृषि गणनाअनुसार ६२ प्रतिशत घरपरिवार कृषिमा संलग्न छन् । तर पनि कृषिजन्य वस्तु ठुलो परिमाणमा बाहिरी मुलुकबाट आयात हुने गरेको छ । प्रमुख बाली, धान, कोदो मकै फापर गहुँ जौलगायत सबै खाद्यान्नमा परनिर्भर भइरहेको भन्सार विभागको तथ्याङ्कले स्पष्ट देखाउँछ ।
चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना)मा धान–चामल, गहुँ, कोदो, मकै, फारपर र जौ मात्रै आयात हुँदा ५७ अर्ब ५८ करोड ४६ लाख ४४ हजार रुपैयाँ बाहिरिएको छ ।
३८ अर्बको धान–चामल आयात
जेठ मसान्तसम्ममा ३८ अर्ब ९४ करोड २८ लाख ६७ हजार रुपैयाँको ७५ करोड ३३ लाख ५ हजार ४ सय ५९ किलो धान–चामल आयात भएको छ ।
सो परिमाणमा धान चामल आयात हुँदा ३ अर्ब ५३ करोड ६१ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
कुल आयत भएको धान चामलमध्ये २१ अर्ब १५ करोड ७१ लाख ५७ हजार रुपैयाँको ५२ करोड ३८ लाख ३९ हजार ८ सय ५१ किलो धान तथा धानको बीउ आयात भएको छ ।
यसैगरी १७ अर्ब ५० करोड ५१ लाख ५२ हजार रुपैयाँको २ करोड २६ लाख ६३ हजार १ सय २० किलो चामल आयात भएको छ । यस्तै २८ अर्ब ५ करोड ८८ लाख रुपैयाँको ६८ लाख २ हजार ५ सय ६ किलो कनिका आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
चीन, भारत, फिलिपिन्स, थाइल्यान्ड, जापान, इन्डोनेसिया, दक्षिण अफ्रिका, भियतनाम, नामिबिया, इटालीलगायत मुलकबाट धानचामल आयात भइरहेको देखिएको छ ।
१७ अर्बको मकै
यसैगरी यो अवधिमा १७ अर्ब ४० करोड ५१ लाख ६७ हजार रुपैयाँको ३३ करोड ६१ लाख ३२ हजार ९ सय १६ किलो मकै आयात भएको छ । सो परिमाणमा मकै आयात हुँदा १ अर्ब ५० करोड १६ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । भारत, क्यानडा, बङ्गलादेश, ब्राजिल, अर्जेन्टिना चीन, दक्षिण अफ्रिका र टर्कीबाट मकै आयात भएको छ ।
७१ करोडको कोदो आयात
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि ०८२ जेठ मसान्तसम्म ७१ करोड ८७ लाख ८४ हजार रुपैयाँको १ करोड ४३ लाख ५५ हजार १ सय ३६ किलो कोदो आयात भएको छ । यसबाट ५ करोड ४० लाख ४ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको विभागको भनाइ छ ।
कुल कोदो आयातमध्ये ४ लाख ८५ हजार रुपैयाँको ८ हजार ६ सय ९५ किलो बीउको रूपमा भएको पन विभागले जनाएको छ । यो कोदो भारत र चीनबाट आयात भएको हो ।
यस्तै २६ करोड ८४ लाख १६ हजार रुपैयाँको ५५ लाख ४२ हजार ७ सय ६६ किलो गहुँ आयात भएको छ । उक्त परिमाणमा गहुँ आयात हुँदा ३ करोड ३५ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । गहुँ चीन, भारत, मेक्सिको, अस्ट्रेलिया र युक्रेनबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी ४ करोड १७ लाख ४४ हजार रुपैयाँको ९ लाख ४० हजार ९ सय ८० किलो जौ आयात भएको छ । सो मरिमाणमा जौ आयात हुँदा ३१ ला ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जौ चीन, जर्मनी र भारतबाट आयात भएको छ ।
साथै २० करोड ७६ लाख ६६ हजार रुपैयाँको २६ लाख ३४ हजार ४ सय २५ किलो फापर आयात भएको छ । यसबाट २ करोड ५७ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । फापर चीन र भारतबाट आयात भएको हो ।
यस्तै एक लाख ७० हजार रुपैयाँको १ हजार ७८ किलो ओट्स, ११ हजार रुपैयाँको २ सय २० किलो जुनेलो समेत आयात भएको छ ।
यस्तै २ अर्ब ४८ करोड ७० लाख ८ हजार रुपैयाँको ३ करोड ५३ लाख ९१ हजार ५ सय १ किलो गहुँ जौ,मकै लगायतको पीठो आयात भएको छ । सो परिमाणबाट ६९ करोड ४९लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण