शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुसले २० सैनिकको शव मात्रै पठायो: जेलेन्स्की

आइतबार, ०८ असार २०८२, ०९ : ४०
आइतबार, ०८ असार २०८२

सारांश

  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले २० सैनिकको शव युक्रेन पठाएको बताए, जसमा एक इजरायली नागरिकको शव पनि समावेश छ।
  • जेलेन्स्कीका अनुसार, रुसले सैनिकहरूको शव व्यवस्थापन गर्न नसकेको र शवको पहिचान गर्न कठिनाइ भइरहेको छ।
  • इस्तानबुल वार्ता पछि घाइते र मृतक सैनिकको शव आदानप्रदान भइरहेको छ, तर युक्रेन ठूलो संख्यामा शवको पहिचानबारे चिन्तित छ।

किभ । हालै रुससँग भएको आदानप्रदान कार्यक्रम अन्तर्गत रुसले आफ्ना २० सेनाको शव युक्रेन पठाएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । यो रूस ठुलो सङ्ख्यामा घाइते र मृतक सैनिकहरूको उचित व्यवस्थापन गर्न सक्षम छैन भन्ने संकेत भएको उनले बताए । 

यी शवहरूमा एक इजरायली नागरिकको शव पनि भएको बताइएको छ । तर, अधिकारीहरूले मृतकहरूको पहिचान सार्वजनिक गरेका छैनन् । रुसले आफ्ना सैनिकहरूको शव युक्रेनतिर फ्याक्ने गरेको र कहिलेकाहीँ यी लास नजिक उनीहरूको राहदानी पनि भेटिएका उनले बताए । 

रुसले यी सबै शव युक्रेनी सैनिकहरूको भएको भन्दै आएको थियो । तर शवमा भेटिएका केही राहदानीहरू मस्को क्षेत्रका मानिसहरूको भएको जेलेन्स्कीको भनाइ छ । 

 इस्तानबुलमा शान्ति वार्ता भएदेखि अहिलेसम्म घाइते र मृतक सैनिकहरूको शव मात्र आदानप्रदान गरिएको पनि जेलेन्स्कीले बताए । जुनमा दोस्रो चरणको वार्तामा दुवै देश ६/६ हजार शव र घाइते सैनिक एकअर्कालाई हस्तान्तरण गर्न सहमत भएका थिए । तर यति ठुलो सङ्ख्यामा मानिसहरूको सही पहिचान गर्न गाह्रो हुने हो कि भनेर युक्रेन चिन्तित छ ।   

रुसले शान्ति चाहेको नाटक मात्र गरिरहेको छ तर उसको वास्तविक उद्देश्य वार्तालाई लम्ब्याएर अमेरिका र अन्य देशहरूको असन्तुष्टिबाट बच्नु भएको हुन सक्ने पनि उनले भने । रुसले युक्रेन युद्ध जित्दै छ भन्नेमा पुटिन अझै पनि विश्वस्त रहेको र इस्तानबुलमा वार्ता अगाडि बढाउने कि नबढाउने भन्ने प्रश्न अब युक्रेनको लागि कठिन बनेको पनि उनले बताए । पश्चिम एसियाको अवस्थाले युक्रेनलाई पनि असर गर्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप