अमेरिकी आक्रमणपछि इजरायली प्रधानमन्त्रीको प्रतिक्रिया, ‘पहिले शक्ति, अनि मात्र शान्ति’
आइतबार, ०८ असार २०८२, ०९ : ४४
सारांश
- अमेरिकी आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्रतिक्रिया दिएका छन्।
- नेतन्याहुले ट्रम्पको कार्यको प्रशंसा गर्दै शक्तिको माध्यमबाट शान्ति स्थापना हुने बताए।
- इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणको पुष्टि गरेको छ।
तेल अभिभ । अमेरिकाले इरानका आणविक क्षेत्रहरूमा आक्रमण गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एक आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छन्।
नेतन्याहुले भने, ‘राष्ट्रपति ट्रम्प र म प्राय: भन्छौँ — ‘शक्तिको माध्यमबाट शान्ति’। पहिला शक्ति आउँछ, त्यसपछि मात्र शान्ति। आज राति, राष्ट्रपति ट्रम्प र संयुक्त राज्य अमेरिकाले अत्यन्त शक्तिशाली ढङ्गले काम गरे।’
यसअघि नै अमेरिकी प्रशासनले इजरायललाई इरानमाथिको कारबाहीबारे जानकारी दिएको थियो। आक्रमणपछि प्रधानमन्त्री नेतन्याहु र राष्ट्रपति ट्रम्पबिच टेलिफोन संवादसमेत भएको जनाइएको छ।
इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणको पुष्टि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण