दुर्गा प्रसाईँको बचाउ गर्दै धवलशमशेरले भने– तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ
आइतबार, ०८ असार २०८२, १२ : २०
सारांश
- राप्रपा सांसद धवलशमशेर राणाले तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताए।
- सांसद राणाले उक्त घटना राज्यको कारण भएको र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बचाउ गरे।
- राणाले घटनाको निष्पक्ष छानबिनका लागि समिति बनाउन माग गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरूको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका हुन् ।
सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पनि बचाउ गरे । प्रसाईँ निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतङ्क भएको जिकिर गरे ।
उनले घटनाको निष्पक्ष छानविन गर्न समिति बनाउन समेत माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण