एसीसी पुरुष यू–१६ इस्ट जोन कप : साबिक विजेता नेपालको विजयी सुरुवात
सारांश
- एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले सिंगापुरलाई पराजित गर्यो। प्रसिद्ध जैशीले ५५ रन बनाए भने रौनक श्रीवास्तवले ४० रनको योगदान दिए।
- सिंगापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालका बलरले सिंगापुरलाई १३८ रनमा समेटे।
- प्रतियोगिता मलेसियामा जुन २२ देखि जुलाई ५ सम्म हुँदैछ, जसमा नेपाल साविक विजेता हो र समूह ए मा रहेको छ।
काठमाडौँ । एसीसी पुरुष यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार मलेसियाको वाईएसडी–यूकेएम क्रिकेट ओभल मैदानमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई हराएको हो ।
सिंगापुरले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि प्रसिद्ध जैशीले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५५ रनको योगदान दिए । उनले ९७ बलको सामना गर्दै ५५ रन जोडे । उनले ५ चौका प्रहार गरे ।
रौनक श्रीवास्तवले ४४ बलमा ४० रनको योगदान दिए । उनले ५ चौका र १ छक्का प्रहार गरे । शुभम खनालले नटआउट रहँदै ९ रन जोडे ।
सुर्यांशु कोइराला ७ बलमा ९ रन बनाउँदै रिटायर्ड हर्ट भए । विकेटकिपर शिवांस बजगाईं पनि १६ बलमा ९ रन नै जोड्दै पभेलियन फर्किए । जोय थापाले पनि १२ बलमा ४ रन मात्र बनाउन सके । सुगम बुढाथोकी शून्य रन बनाउँदै आउट हुन पुगे ।
सिंगापुरका लागि आकाश तेजाले १० ओभर बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट लिए । युभान पाण्डेले १ विकेट हात पारे । यसअघि, विपिन शर्मा र सचिन भट्टले शानदार बलिङ गरेपछि सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । शर्माले १० ओभर बलिङ गर्दै १ मेडनसहित ३४ रन खर्चेर ४ विकेट लिए । भट्टले ६.१ ओभरमा २ मेडन राख्दै मात्र १८ रन खर्चेर ३ विकेट लिए ।
सिंगापुरका लागि कप्तान रियान नाइकले अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ९ चौकाको मद्दतले ५३ रन जोडे । ओपनर आहान भुथान्दामले ३३ बलमा ३८ रनको योगदान दिए । उनले ७ चौका प्रहार गरे । प्रनद इसान मेडुरीले १२ रन तथा रोहन अस्टिन अरुणले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि अभय यादव र शुभम खनालले १–१ विकेट हात पारे ।
नेपाल प्रतियोगिताको साबिक विजेता पनि हो । टोलीले सन् २०२३ मा मेलिसियामा आयोजित प्रतियोगितामा आयोजक राष्ट्रलाई हराउँदै उपाधि जितेको थियो । सो संस्करणमा ७ वटा टोलीले सहभागिता जनाएका थिए । यसपटक भुटान, जापान र म्यानमार थपिएका छन् ।
१० वटा टोलीलाई दुई वटा समूहमा विभाजन गरिएको छ । नेपाल सिंगापुरसँगै समूह एमा रहेको छ । यसका अन्य टोलीमा इन्डोनेसिया, भुटान र जापान छन् । समूह बीमा मलेसिया, हङकङ, थाइल्याण्ड, माल्दिभ्स र म्यानमार रहेका छन् ।
नेपालले अब दोस्रो खेलमा जुन २४ मा जापान , जुन २९ मा इन्डोनेसिया र जुलाई १ मा भुटानको सामना गर्नेछ । समूह चरणपछि दुई समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा आमने सामने हुनेछन् । त्यसका विजेता टोली फाइनलमा आमनेसामने हुनेछन् ।
प्रतियोगिता जुन २२ देखि जुलाई ५ सम्म मलेसियामा आयोजना हुँदैछ ।
यस्तो छ नेपाली टोली
विपिन प्रसाद शर्मा (कप्तान), सूर्यांशु कोइराला (उपकप्तान), शिवांश बजगाई, परिमार्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शोही ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण