जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ
आइतबार, ०८ असार २०८२, १४ : ०८
सारांश
- बर्दियामा एक १९ वर्षीय युवक पक्राउ परेका छन्। उनलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ।
- पीडित किशोरीको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। घटना बारबर्दिया नगरपालिकाको हो।
बर्दिया । बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–१० बैदी डेरा गरी बस्ने सोही नगरपालिका–८ थानफेना घर भएका १९ वर्षीय वसन्त बिसीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वसन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण