अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
सारांश
- अभियानकर्मी नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। बोहराले कर्णालीको सुशासन, विकास लगायतका मुद्दा उठाएका थिए।
- सुर्खेतबाट काठमाडौँसम्मको पैदल यात्रापछि बोहराले प्रधानमन्त्रीलाई भेटेका हुन्। उनले आफ्नो यात्राका अनुभव र समस्याबारे जानकारी गराए।
- प्रधानमन्त्रीले बोहरालाई अभियानलाई निरन्तरता दिन सुझाव दिएका छन् र स्वास्थ्यको ख्याल राख्न आग्रह गरे।
काठमाडौँ । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा गरेका अभियानकर्मी नवराज बोहराले ‘नवराज भेंडा’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा असार ३ गते काठमाडौँ आइपुगेका हुन् ।

सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आज आइतबार भेट पाएका हुन् । बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए ।
प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण