मुगुमा करेन्ट लागेर १० खच्चरको मृत्यु
सारांश
- मुगुको छायानाथ रारा नगरपालिकामा करेन्ट लागेर १० खच्चरको मृत्यु भएको छ। उक्त घटना वडा नम्बर १२ लुम्सोमा भएको हो।
- मृत्यु हुनेमा तीन जना किसानका खच्चर रहेका छन्। प्रहरीका अनुसार घटना विद्युत् प्राधिकरणको लापरबाहीका कारण भएको हुन सक्ने अनुमान छ।
- खच्चर ढुवानी र यातायातको प्रमुख साधन भएकाले किसानलाई ठूलो आर्थिक क्षति भएको छ। पीडित किसानले क्षतिपूर्तिको माग गरेका छन्।
सुर्खेत। मुगुको छायानाथ रारा नगरपालिकामा करेन्ट लागेर १० वटा खच्चरको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर १२ लुम्सोस्थित विद्युत्को ट्रान्सफर्मरबाट करेन्ट लिक हुँदा चरिरहेका खच्चरहरूको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय, मुगुका प्रमुख सरोज गिरीका अनुसार आइतबार भएको उक्त घटनामा तीन जना किसानका १० वटा खच्चर मरेका हुन्।

प्रहरी प्रमुख गिरीले रातोपाटीलाई दिएको जानकारी अनुसार पीडित हुनेहरूमा छायानाथ रारा नगरपालिका-१० का जोगीबहादुर बुढुवालका तीन, सोही नगरपालिका वडा नम्बर १ का पृथ्वीबहादुर ऐडीका तीन र कर्णबहादुर मल्लका चारवटा खच्चर रहेका छन्।
'विद्युत्को ट्रान्सफर्मरबाट करेन्ट लिक भएर चरिरहेका खच्चरहरूलाई करेन्ट लागेको देखिन्छ,' प्रहरी प्रमुख गिरीले भनने, 'यो घटना विद्युत् प्राधिकरणको लापरबाहीका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। हामीले यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ।'
दुर्गम हिमाली जिल्ला मुगुमा खच्चरलाई ढुवानी र यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिन्छ। एकै पटक १० वटा खच्चर गुमाउँदा किसानहरूलाई ठुलो आर्थिक क्षति पुगेको छ र उनीहरूको रोजीरोटीमा गम्भीर असर परेको छ। पीडित किसानहरूले सम्बन्धित निकायबाट उचित क्षतिपूर्तिको माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण