जङ्गली रातो बाँदर र जङ्गली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’, किसानको बालीमा क्षति भए राहत उपलब्ध गराइने
काठमाडौँ । किसानले लगाएको बालीमा वन्यजन्तुले क्षति पुर्याएमा राहत उपलब्ध गराइने भएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत रूपमा छुट्टयाएको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वन्यजन्तुको आक्रमणबाट पशुधन तथा कृषि बालीको क्षतिको राहत सरकारले उपलब्ध गराउने बताएका हुन् ।
‘वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, पशुधन तथा कृषि बालीको क्षतिको राहत दिइने छ । त्यसका लागि १० करोड रूपैयाँ विनियोजन गरिएको छ,’ मन्त्री शाहीले संसद् बैठकमा भने ।
वनमन्त्री शाहीले जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरिएको जानकारी दिए । जङ्गली रातो बाँदर र जङ्गली बँदेललाई ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरिएको मन्त्री शाहीले बताए । बाँदर नियन्त्रणका वैकल्पिक उपायबारे अध्ययन गरिने समेत उनकाे भनाइ छ ।
वन्यजन्तुको आक्रमण कम गर्नका लागि मन्त्रालयले वन्यजन्तुको वासस्थान सुधार, सोलार फेन्सिङ र विद्युतीय तारबार जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको पनि मन्त्री शाहीले बताए ।
बाँदर र बँदेलको आक्रमण समस्या समाधानका लागि अन्य मन्त्रालय, प्रदेश, स्थानीय तह र समुदायको सहकार्य आवश्यक रहने भन्दै मन्त्रालय सहकार्यका लागि तयार रहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण