एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौँ । उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ । सोमबार काठमाडौँमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्वाले एसियन कप छनोटका लागि नेपाली टिमको तयारी निकै राम्रो भएको बताए ।
एएफसी एसियन कप छनोट नेपालीका लागि ठुलो मौका भएकाले यसमा राम्रो नजिता आउने गरी प्रदर्शन गर्ने उनले बताए । त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सावित्रा भण्डारीले एसियन कप छनोटका साथै सबै खेलाडी उत्साहित रहेको र नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे ।
त्यस्तै प्रशिक्षक प्याट्रिक डे वाइल्डले महिला टोलीको प्रशिक्षण निकै राम्रो भएकाले खेलमा सकारात्मक असर देखिने बताए । एसियन कप छनौट चरणमा नेपाल र आयोजक उज्वेकिस्तानसँगै समूह एफ मा लाओस र श्रीलङ्का पनि रहेका छन् । समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् ।
नेपालले लाओससँग असार १५, श्रीलंकासंग असार १८ र उज्वेकिस्तानसँग असार २१ गते खेल्नेछ । एसियन कप भने सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण