कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको अधिवेशनबाट नयाँ नेतृत्व चयन
सारांश
- कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशन झरेन्द्रकुमार कवरको नेतृत्वमा सम्पन्न भयो।
- अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्यो, जसमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदहरू रहे।
- अधिवेशनमा विभिन्न संघसंस्थाका प्रतिनिधि र कलाकारहरूको उपस्थिति रहेको थियो, जसले 'सामाजिक एकता, समृद्धि र सुशासन' मा जोड दिए।
जापान । कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट झरेन्द्रकुमार कवर (अन्जन) को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
जापानको ओसाकामा आइतबार सम्पन समाजको तेस्रो अधिवेशनबाट कवरको अध्यक्ष रहेको २१ सदस्यीय कान्साई क्षेत्रीय समिति सर्वसम्मत निर्वाचित गरिएको हो ।
“सामाजिक एकता, समृद्धि र सुशासनमा हाम्रो प्रतिबद्धता” भन्ने नारासहित सम्पन्न सो अधिवेशनबाट उपाध्यक्षमा अम्मर सेजुवाल, लोकमान पुनमगर, सुरक्षा शाही, सचिवमा प्रकाश रसाइली, सहसचिवमा गणेशसिं ठकुरी र तारा रावल, कोषाध्यक्ष नित्या खड्का, सहकोषाध्यक्षमा शान्ति ठकुरीलगायत चयन भएका छन् ।
त्यस्तै सदस्यमा कोपिलाबम ठकुरी, मुक्ति सुवेधी, सुस्मिता शाही, चन्द्र बुढाक्षेत्री, बेशन भण्डारी, सुजन पुनमगर, अन्जली शाहीठकुरी, चक्रबहादुर विक, सुनिता शाही, सेतु बम, कल्पना र निर्मल बुढाथोकी चयन भएका छन् ।
यसैगरी सल्लाहकारमा दिलिप कँडेल, डा भरतसिं नेगी, नरेश ओली र रविन्द्र शाही चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष कवरले सबैले विश्वास गरेर आफूलाई अध्यक्षमा निर्वाचित गरेको भन्दै धन्यवाद दिए ।
अधिवेशनमा संस्थाका क्षेत्रीय उपसंयोजक रविन्द्र शाही, केन्द्रीय अध्यक्ष कृष्ण शाही, एनआरएनए कान्साईका संयोजक हरि प्रशाद कंडेलका साथै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत नेपालबाट जापानमा आएका कलाकारहरू विष्णु खत्री, अनिता चलाउने, स्थानिय कलाकार काजल गुरुङ, कर्णाली कै स्थानिय कलाकार प्रकास रसाईली, डान्सर सुस्मिता शाही र कलाकार एवम उद्घोषक विधाका कुलविर थापालगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण