बजेट पास गर्ने विषयमा सत्तारुढ दलमा छलफल
सारांश
- सत्तारुढ दलले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा छलफल गरे। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसी बजेट आजै पास गर्ने निर्णय गरियो।
- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार, संसदबाट बजेट पारित गर्नुपर्ने विषयमा छलफल भयो र सत्तापक्ष एकमत भएको छ।
- बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, र अन्य शीर्ष नेताहरूको उपस्थिति रहेको थियो, जसले बजेट पारित गर्ने तयारी गरेका छन्।
काठमाडौँ । सत्तापक्षीय दलले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तापक्षीय दलहरूको बैठकले बजेटबारे छलफल गर्दै संसदबाट आजै पास गर्ने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले जानकारी दिए ।
‘संसदबाट बजेट पास गर्नुपर्ने छ । त्यसैबारे छलफल भयो । आजै बजेट पास गर्नेगरी कुराकानीहरू भएका छन्’, राउतले रातोपाटीसँग भने,‘बजेट पास गर्न सत्तापक्ष एकमत भएका छौ ।’
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी थिए ।
आर्थिक वर्षको बजेटमाथि बाँकी मन्त्रीहरूले जवाफ दिएर आजै बजेट पारित गर्ने तयारी छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण