‘भद्रकाली’ र ‘राधा पियारी’ नामका दुई फिल्म निर्माण गर्दै केकी
मङ्गलबार, १० असार २०८२, १३ : ४९
सारांश
- अभिनेत्री केकी अधिकारीले दुई फिल्म निर्माण गर्दैछिन्, जसको नाम 'भद्रकाली' र 'राधा पियारी' राखिएको छ।
- यी दुई फिल्म उनको होम प्रोडक्सन केकी अधिकारी फिल्मस् प्रालिबाट बन्नेछन्, जसका लागि उनले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएकी छन्।
- 'भद्रकाली' फिल्ममा केकी आफैं निर्माता र बिम्ब अधिकारी निर्देशक रहनेछन् भने 'राधा पियारी'मा पनि केकी र बिम्बको नाम कलाकारको रूपमा उल्लेख छ।
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले दुई फिल्म निर्माणमा जुटेकी छन् । उनले निर्माण गर्ने फिल्मको नाम ‘भद्रकाली’ र ‘राधा पियारी’ राखिएको छ ।
यी दुई फिल्म उनकै आफ्नै होम प्रोडक्सन केकी अधिकारी फिल्मस् प्रालिबाट निर्माण हुन लागेको हो । चलचित्र विकास बोर्डबाट फिल्मका लागि उनले निर्माण इजाजत समेत लिइसकेकी छन् ।
बोर्डमा दर्ता गर्दा उनले ‘भद्रकाली’को निर्मातामा आफ्नै नाम राखेकी छन् । बिम्ब अधिकारीले निर्देशन गर्ने फिल्ममा केकी र बिम्ब नै कलाकारको रूपमा उल्लेख गरिएको छ ।
त्यस्तै ‘राधा पियारी’को पनि निर्माता उनी आफै हुन् । सञ्जय चौलागाईको निर्देशन रहने फिल्ममा कलाकारको नाममा केकी र बिम्बकै नाम राखिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण