प्रकाशमानको सांसदहरूलाई जवाफ : स्वनामधन्य महामानवको नाममा विकास योजना विगतमा पनि राखिन्थे, अहिले पनि राखियो
काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वनामधन्य महामानवको नाममा विकास योजना विगतमा पनि राखिँदै आएको र अहिले पनि निरन्तरता दिइएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री सिंहले पहिला देखि नै स्वनामधन्य महामानवको नाममा विकास योजना राखिँदै आएको दाबी गरेका हुन् ।
‘देश र जनताका लागि जीवन अर्पेका महामानवप्रति कृतज्ञता अर्पण गर्न विगत देखि नै राज्यले उहाँहरूको नाममा केही विकास योजना कार्यान्वयन गर्दै आएको छ,’ मन्त्री सिंहले भने, ‘यस वर्ष पनि ती स्वनामधन्य महामानवहरूप्रति कृतज्ञता स्वरूप केही योजनामा बजेट विनियोजन गरिएको हो ।’
नेताहरूको सम्मान गर्नु राष्ट्रको दायित्व भएको मन्त्री सिंहले बताए ।‘उहाँहरू अब व्यक्ति नभई राज्यका प्रतिकका रूपमा रहनुभएकाले उहाँहरूको सम्मान गर्नु राष्ट्रको दायित्व हो,’ सिंहले भने ।
सांसदहरूले गणेशमान सिंहका नाममा धेरै रकम विनियोजन भएको भन्ने सन्दर्भमा उठाएका जिज्ञासाबारे सिंहले भने, ‘राणाहरूको जहानियाँ शासनको मध्ययुगिन सामन्ती पिँजडामा थुनिएका नेपाली जनतालाई स्वतन्त्र, सार्वभौम नागरिक बनाउने लामो सङ्घर्षमा स्वनामधन्य सपुतहरू बिपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन कुमार भण्डारीहरूको योगदानको सम्बन्धमा मैलै यहाँ बताइरहन पर्दैन । यस्तै मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, शैलजा आचार्य, साधना प्रधान, साहना प्रधान लगायतका महिलाहरूको सङ्घर्ष र योगदान पनि अविस्मरणीय छ ।राणा र शाहरुको निरङ्कुश शासन कालमा यी स्वनामधन्य महापुरुषहरूको नाम लिनु पनि अपराध ठहरिन्थ्यो । लोकतन्त्रको पुन:स्थापनापछि मात्र राष्ट्रले उहाँहरूको प्रेरणादायी नाम स्मरण गर्न पाएको हो । नागरिक भएकोमा गर्व गर्ने र रैती हुन नचाहने कसैलाई पनि लोकतन्त्रका नायकहरूको नामप्रति पक्कै द्वेष नहोला।’
उनले नेताहरूको योगदानको ऋण नेपाली जनताले तिर्न नसक्ने भएतापनि कृतज्ञता व्यक्त गर्न सक्ने बताए । उनीहरू व्यक्ति नभई राज्यका प्रतिकका रूपमा रहेको पनि सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण