यस्तो छ ‘रियाल रिङ्गेट’को गीत ‘जिन्दगीः उडी जाने हो कहाँ’
काठमाडौँ । आगामी साउन १६ गतेबाट प्रदर्शनमा आउन लागेकाे चलचित्र ‘रियाल रिङ्गेट’को गीत ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ ।
मंगलबार काठमाडौँको आइएनआई सिनेमा, नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथा समेटेको छ ।
गीतमा विदेशमा नेपालीले भोग्ने सङ्घर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले बिविदेशिदाँको पीडालाई समेत देखाएको छ । रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त शब्द, चन्दन ध्वज केसी र किरण तुलाधरले सङ्गीत रहेको गीतमा गायक केतन क्षेत्रीले स्वर दिएका छन् ।
विभोर पोखरेलले निर्देशन गरेकाे चलचित्रका निर्माता गगनलाल प्रधान रहेका छन् । अभिनेत्री निता ढुङ्गानाले लामो समयको मिहिनेतपछि फिल्म रिलिजको सङ्घारमा पुगेकोमा खुसी व्यक्त गरिन् । चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय छ ।
प्रदीप भारद्वाजको लेखन रहेको फिल्मको नाम ‘रियाल रिङ्गेट’ कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको मुद्रा ‘रिङ्गेट’ को मिश्रण गरेर राखिएको हो । जसले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरूलाई सङ्केत गर्दछ ।
रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन रहेको फिल्ममा राजीव समरको कोरियोग्राफी छ । भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको फिल्मलाई काफिया फिल्मस्ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण