वीरेन्द्रनगरबाट लागुऔषधसहित चार जना पक्राउ
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषध (ट्रमाडोल) सहित चार जनालाई पक्राउ गरेको छ । तीन जनालाई वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० नयाँ गाउँबाट र एक जनालाई वीरेन्द्रनगरकै गौरीशंकरबाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा कालिकोटको रास्कोट नगरपालिका–४ घर भई हाल वीरेन्द्रनगर–२ मा बस्दै आएका १८ वर्षीय सुनिल शाही, कालिकोटकै तिलागुफा गाउँपालिका–३ घर भई हाल वीरेन्द्रनगर–२ मै बस्ने १९ वर्षीय नवराज बोहरा र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ घर भई हाल वीरेन्द्रनगर–३ मा बस्ने १८ वर्षीय दिनेश विष्ट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार लागुऔषध (ट्रमाडोल) को कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट १७३ ट्याब्लेट ट्रमाडोल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ ।
यस्तै वीरेन्द्रनगरकै गौरीशंकर टोलबाट पक्राउ परेका ४८ वर्षीय श्याम कुमार श्रेष्ठको साथबाट १ ग्राम २८० मिलिग्राम लागुऔषध बरामद गरिएको बुढाथापाले बताए ।
उनीहरूमाथि अहिले थप अनुसन्धान भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण