स्थानीय तहकाे बजेट
१५ वटा गाउँपालिकाले ल्याएनन् बजेट
मङ्गलबार, १० असार २०८२, २० : ३०
सारांश
- असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्नेमा १५ स्थानीय तहले समयमा बजेट पेश गरेनन्।
- सबैभन्दा बढी मधेस प्रदेशका ९ वटा स्थानीय तहले बजेट पेश गरेनन्।
- कोशी र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले भने समयमै बजेट ल्याए।
काठमाडौँ । १५ वटा स्थानीय तहहरु (गाउँपालिका) ले मंगलबार बजेट नल्याएको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ अनुसार असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्नेमा देशभरका १५ वटा गाउँपालिकाहरुले समयमै बजेट ल्याउन नसकेका गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले रातोपाटीलाई बताए ।
उनका अनुसार सबैभन्दा बढी मधेस प्रदेशका ९ वटा गाउँपालिकाहरुले आज बजेट ल्याएनन् । यस्तै बागमती प्रदेशको एक, गण्डीकी प्रदेशका दुई,लुम्बिनी प्रदेशका दुई तथा कर्णाली प्रदेशको एक स्थानीय तहले आज बजेट ल्याउन सकेनन् ।
कोशी र सुदूरपश्चिम प्रदेशमा भने सबै स्थानीय तहले बजेट ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण