एनसेल, बुढीगण्डकी, भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणको छानबिन गरिनुपर्छ: डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भिजिट भिसा प्रकरणमा गठित छानबिन समितिप्रति असहमति जनाउँदै सत्तारुढ र प्रमुख प्रतिपक्ष दलप्रति कटाक्ष गरेका छन् ।
उनले पूर्व मुख्यसचिव शंकरदास वैरागीकाे नेतृत्वमा बहालवाला कनिष्ठ कर्मचारीहरू भरेर बनाएको समितिलाई हास्यास्पद ’छानबिन समिति’ को संज्ञा पनि दिएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत डा. भट्टराईले सरकारले बनाएको छानबिन समितिबाट सत्ताधारी र प्रमुख प्रतिपक्षी दल/नेताहरूको राज्य दोहनकारी र छलकपटपूर्ण हर्कतलाई पूरै उदाङ्गो पारेको बताएका छन् ।
‘जनयुद्ध सुरु गर्नु पहिले हामी तत्कालीन राजतन्त्र सहितको संसदीय प्रणालीको यस्तै पाखण्डी हर्कतलाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल’ भनेर भण्डाफोर गर्थ्यौ र जनताको वास्तविक सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रको पैरवी गर्दथ्यौँ’, डा. भट्टराईले लेखेका छन् ।
साथै उनले आज जनताको त्यत्रो बलिदानीपूर्ण सङ्घर्षपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा दुई ’पुराना जोगी’माथि एक ’नयाँ जोगी’ थपिएर उस्तै पाखण्डपूर्ण हर्कत गर्छन् र जनताको सहज बुद्धि (कमन सेन्स) माथि समेत खेलबाड गर्छन् भने त्यो नेपाली जनता र वैकल्पिक राजनीतिक शक्तिहरूलाई मान्य हुन नसक्ने बताएका छन् ।
‘अब भिजिट भिसा प्रकरण मात्र हैन, यी तीन ठुला टाउका संलग्न ठानिएका एनसेल प्रकरण, बुढीगण्डकी प्रकरण, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु प्रकरण लगायत सबै ठुला भ्रष्टाचार काण्डहरूको शक्तिशाली,उच्चस्तरीय, स्वतन्त्र, निष्पक्ष संयन्त्र मार्फत छानबिन गरिनुपर्छ र दोषीहरूलाई हदैसम्मको कारबाही गरिनुपर्छ’, पूर्वप्रधानमन्त्री डा.भट्टराईले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण