इरानले आणविक कार्यक्रम पुनर्निर्माण गरेमा इजरायलले फेरि आक्रमण गर्ने नेतान्याहूको चेतावनी
बुधबार, ११ असार २०८२, ०२ : ३४
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई आणविक कार्यक्रम पुनर्निर्माण गरे फेरि आक्रमण गर्ने चेतावनी दिए।
- नेतन्याहुले इरानका आणविक स्थलहरू ध्वस्त पारेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिए।
- उनले हमाससँगको युद्ध जारी राख्दै बन्दीहरूलाई फर्काउने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले आफ्नो आणविक कार्यक्रमलाई पुर्निमार्ण गरे पुनः आक्रमण गर्ने चतावनी दिएका छन् । ‘हामीले इरानको आणविक परियोजना ध्वस्त पारिसकेका छौँ। यदि इरानले पुनः त्यसलाई निर्माण गर्ने सोच बनायो भने, हामी फेरि आक्रमण गर्नेछौँ,’ नेतन्याहुले चेतावनी दिँदै भनेको एबीसी न्यूजले जनाएको छ।
इजरायलले इरानका प्रमुख आणविक स्थलहरू अराक, नताञ्ज र इस्फहानमा ध्वस्त पारेको र फोर्दोमा रहेको भूमिगत प्रशोधन केन्द्रलाई नष्ट गरेको दाबी गरेका छन्।
साथै, उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिँदै भने, ‘इजरायलका लागि ट्रम्पजस्तो साँचो मित्र अरू कहिल्यै थिएन।’ उनले हमाससँगको युद्धलाई समेत जारी राख्दै बन्दीहरूलाई कुनै पनि हालतमा घर फर्काउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण