धनगढीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
बुधबार, ११ असार २०८२, ०८ : ३५
सारांश
- कैलालीको धनगढी उपमहानगरपालिका-१ सेतोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- जोशीपुर गाउँपालिका-४ का २६ वर्षीय रुद्र चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।
- दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो।
कैलाली । धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
शनिबार राति ११ बजेतिर धनगढी उपमहानगरपालिका–१ सेतोपुलमा जोशीपुर गाउँपालिका–४ घर भएका २६ वर्षीय रुद्र चौधरी गम्भीर घाइते भएका थिए। चौधरीले चलाएको सुपप्र ०१–०१२ प ७९५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका चौधरीलाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण